प्रतिव्यक्ति साढे १८ हजार नयाँ नोट सटहीको व्यवस्था गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट वितरणको तयारी गरेको छ । बैंकले असोजको अन्तिम सातादेखि प्रतिव्यक्ति साढे १८ हजार रुपैयाँसम्म नयाँ नोट सटहीको व्यवस्था गर्ने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्ला वर्ष झै प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ ।
बजारमा नयाँ नोटको आवश्यक विवरण संकलनपछि राष्ट्र बैंकले सर्वसाधारण तथा बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउने जनाएको छ ।

सर्वसाधारणले रु. ५, रु.१०, रु. २०, रु. ५० र रु.१०० दरका एक–एक बन्डल गरि कुल १८ हजार पाँच सय रुपैयाँ सटही गर्न पाउनेछन् । दशैँका बेला दक्षिणा, पुजापाठ आदि कार्यका लागि नयाँ नोट प्रयोग गर्ने प्रचलन रहिआएको छ ।