बुधबार नेप्से परिसूचकमा १८ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ६२ लाख २३ हजार ७ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

आज मनकामना इन्जिनियरिङ हाइडोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले बढेको छ ।

त्यस्तै आज लक्ष्मी भ्यालु फण्ड–२ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २८२ कम्पनीको ७ करोड ६१ हजार ४ सय ४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८१ करोड ४३ लचाख ५९ हजार २२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।