विवादकैबिच सहअध्यक्ष न्यौपाने बने नेसनल प्याब्सनको अध्यक्ष,संगठन विभाजनतर्फ


काठमाडौँ । विवादकैबिच राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को अध्यक्षमा सुवास न्यौपानेले पदस्थापन गरेका छन् ।

आज काठमाडौँमा कार्यक्रम आयोजना गरेर न्यौपानेले पदस्थापन गरेका छन् । यससँगै नेसनल प्याब्सन विभाजनको बाटोमा गएको छ ।

२०७८ फागुनको २२,२३ र २४ गते महाधिवेशनमा भएको सहमति सहअध्यक्ष न्यौपानेले अध्यक्षको पदस्थापन गरेका हुन् । कार्यक्रममा अध्यक्ष पाण्डव हमालको समूह अनुपस्थित भएको छ ।

न्यौपानेले महाधिवेशनमा १८/१८ महिना अध्यक्षको जिम्मेवारी लिने सहमति भएको भन्दै कार्यक्रम गरेर अध्यक्षको पदस्थापन गरेको घोषणा गरेका छन् ।

वर्तमान अध्यक्ष पाण्डव हमालले पदस्थापन कार्यक्रम अगाडि बढाइए दुर्घटना हुने बताएका दिए । उनले भनेका थिए,“अहिले नै यस्तो स्थिति त नभनौ तर जे तयारी हुँदै छ त्यस्तो भए दुर्घटना हुनेछ ।” नसनल प्याब्सनका हमाल समूहले प्याब्सन विभाजनतर्फ गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आधा आधा कार्यकाल सहमति भएपनि सपथ ग्रहण गर्दा र प्रमाणपत्रमा तीन तीन वर्षकै उल्लेख भएको भन्दै हमालले आफूले पुरै कार्यकाल अध्यक्ष चलाउने अडान राख्दै आएका थिए ।

कतिपय सदस्यहरूले संगठन विभाजनको बाटोमा गएको भन्दै चिन्त व्यक्त गरेका छन् । दुबै पक्षलाई सहमति गराउने प्रयास असफल भएको थियो ।