नेप्से ३३ अंकले घट्दा, ५ कम्पनीमा नकरात्मक सर्किट


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ५.५५ अंकले घटेर २७७.३९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका सबै उपसमुह राताम्ये भएका छन् ।

आइतबार कारोबार रकमका आधारमा सिटिजन्स लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १४ करोड ७३ लाख ६० हजार ७ सय ४३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सनराइज फस्र्ट मयूचुल फण्ड, अपर हेवाखोला, एसीयन हाइड्रो, मनकामना इन्जिनियरिङ तथा सिटिजन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

यी ५ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २८४ कम्पनीको ६७ लाख २३ हजार ४ सय कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७ सय ४३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।