चाडपर्वलाई लक्षित गर्दै आइएमई पेले ल्यायो आकर्षक क्यासब्याक र बम्पर उपहार


काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको दसैँ , तिहार तथा छठलाई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अभियान सार्वजनिक गरेको छ।

असोज १४ गतेदेखि शुरु भएको अफर मङ्सिर ३ गते सम्म चल्ने छ । ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरूले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले ‘अलटिमा लाइफ स्टाइल’ को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्। यसैगरी अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५० हजार बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस सँगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैँया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताए ।