टाटा कमर्सियल गाडीहरूका लागि शुभकामना सर्भिस क्याम्प


काठमाडौँ । नेपालीहरूको माहन चाडपर्व नजिकिदै गर्दा यातायातका साधनहरूको प्रयोग पनि अन्य समयभन्दा उच्च रहने गर्छ।

सवारी साधनहरूको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ।

त्यसैले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूका ग्राहकहरूलाई सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि सिप्रदीले असोज १४ गतेदेखि कात्तिक ३ गतेसम्मका लागि शुभकामना सर्भिस क्याम्पको आयोजना गरेको छ।

उक्त क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारीक सर्भिस सेन्टरहरूमा एकै साथ सञ्चालन भइरहेको छ।

उक्त क्याम्पमा सहभागी ग्राहकको गाडीहरूमा बम्पर टु बम्पर चेकअप, ब्याट्री चेकअप, एफइपी चेकअप, इलेक्ट्रिकल चेकअप, कम्प्युटर डाग्नोसिस आदि निःशुल्क चेकअप सुविधाहरू रहेका छन्।

जसले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्दछ र यदी मर्मतसम्भार गर्नुपर्ने अवस्था भएमा टाटा जेन्युइन पार्ट्समा १५ प्रतिशतदेखि २२ प्रतिशतसम्म छुट तथा ल्युब्रिकेन्टमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

प्रि सर्भिस बुकिङ गरी आउने गाडीहरूका लागि निःशुल्क सर्भिसिङ चार्जको साथमा निःशुल्क वासिङ र ग्रिजिङको सुविधा पनि प्रदान गरेको छ।

हाइवमो ब्रेक डाउन भएमा २४ घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवा पनि उपलब्ध रहनेछ र त्यसकोे साथै भाग्यमानी ३४ जना ग्राहकहरूलाई स्मार्ट घडी जित्ने सुर्वण अवसर पनि प्रदान गरेको छ।

यस अवधिभर गोंगवु बसपार्कबाट छुट्ने बसहरूको लागि पनि विषेश चेकअप सुविधाहरूको साथमा सुलभ मूल्यमा गाडीको मर्मतसम्भार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ।

यस अवधिभरमा चार हजारभन्दा बढी गाडीहरूको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको छ।