नेप्सेमा सामान्य वृद्धि, कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अगाडी


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ५.१९ अंकले घटेर १९७६.२९ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.६६ अंकले बढेर ३७८.०६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ११ वटा उपसमुहमा हरियाली छाएको छ ।

सोमबार नेप्सेमा कारोबारका आधारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २१ करोड ६८ लाख ९ हजार १ सय ४१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सिवाईसी लघुवित्त तथा वित्तीय संस्था तथा सयपत्री हाइडोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज पिपुल्स हाइडो पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.२९ प्रतिशतले घटेको छ ।

कुल २८६ कम्पनीको ५७ लाख ७६ हजार ८ सय ९६ कित्ता सेयर किनबेच हुँदा १ अबृ ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।