चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका शोरुम उद्घाटन


काठमाडौँ । नेपालमै उत्पादन हुने गल्फ लुब्रकेन्ट्सले पछिल्लो समय देशका दुई स्थानमा आफ्नो बिक्री नेटवर्क बिस्तार गरेको छ । गल्फ लुब्रिकेन्ट्सको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले उच्च पुर्बी पहाडी भेग संखुवासभाको चैनपुर र पुर्बी तराई भेग झापाको बिर्तामोडमा नयाँ नेटवर्क विस्तार गरेको हो ।

कम्पनीले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनीको नयाँ शोरुम उदघाटन गरेको छ । ग्राहकलाई उच्च सेवा प्रदान गर्न र गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्य अनुरुप यी स्थानमा नया शोरुम खोलिएको कम्पनीले जनाएको छ ।

कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरूमा गल्फ लुब्रिकेन्टको सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।

नयाँ शोरुमको उद्घाटन कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उनले गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड रहेको र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि रहेको बताए ।

‘ग्राहकलाई छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ । यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सहज उपलब्धताले ठुलो भूमिका निर्वाह गर्ने हुँदा हामीले यी दुई स्थानमा नयाँ शोरुम संचालनमा ल्याएका हौ र भविष्यमा सहजतालाई ध्यानमा राखी अरू शोरुमहरू पनि संचालनमा ल्याउने छौ’ उनले भने ।