ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश घोषणा


काठमाडौं । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को लाभांश घोषणा भएको छ । फण्डले आर्थिक वर्ष २०७९–८०को लागि सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले उक्त योजनाका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार इकाइधनीहरुलाई कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ वितरण गर्ने निर्णय क्यापिटल सञ्चालक समितिले गरेको छ।

क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोजको मितिको लागि चाँडै सूचना प्रकाशित गर्ने जनाएको छ ।