काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज भने बढेको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो मंगलबार सूनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेर छापावाला सुन १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो प्रतितोला ३० रुपैयाँले घटेर चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्