असोज २५ गतेदेखि एफपीओ जारी गर्दै मिर्मिरे लघुवित्त


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले यहि २५ गतेददेखि १ करोड २३ लाख रुपैयाँ बढिको एफपीओ निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको कुल १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गर्नेछ।

लगानीकर्ताले उक्त एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

उक्त एफपीओमा लगानीकर्ताले छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गते सम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।