दशैं-तिहारमा स्कोडाको ‘फाइभ स्टार अफर’


काठमाडौँ । नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु एक्स पान्जेले दसैं-तिहार चाडपर्वलाई लक्षित गरी स्कोडाफाइभ स्टार अफर ल्याएको छ ।

जसमा ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा पाउनेछन् । स्कोडाले ग्लोबल एनसीएपीमा पाएको फाइभ स्टार रेटिङझैं स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँच वटा फाइदा उपलब्ध गराउने जनाएको छ । जसले स्कोडावनर सिपलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउने कम्पनीको दाबी छ ।

ग्राहकले पहिलो अफरका रुपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८।९९ प्रतिशत ब्याज दर उपलब्ध गराउनेछ । यसका साथै स्कोडाले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स दिने र यसले हरेक यात्रालाई तनावरहित बनाउने जनाइएको छ ।

त्यसैगरी, स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउने जनाएको छ । यसका साथै, दसैंतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउनेछन् । रानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लु एक्सपान्जेले लोयल्टी बोनस पनि दिनेछ ।

‘स्कोडाले सधै आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ । स्कोडाको यो फाइभ स्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवले हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्न चाहन्छौं ।’

यो स्किमले सुरक्षाप्रति स्कोडाको प्रतिबद्धतालाई दर्शाउने पनि कम्पनीले जनाएको छ । स्कोडाका हरेक कारमा अत्याधुनिक सुरक्षाका फिचर समावेस छन् । जसले क्र्यास टेस्ट र सेफ्टी रेटिङमा फाइभ स्टार पाएका छन् ।