दशैंमा सजिलो रेन्टलमार्फत भाडामा गाडी उपलब्ध हुने


काठमाडौँ । सजिलो रेन्टलले अनलाइनमार्फत गाडी भाडामा दिने सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकहरूले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरूले सजिलै गाडी भाडामा दिन सक्छन् ।

सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरूलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरु सजिलो गरी उपलब्ध गराउँदै आएको छ । नजिकिँदै गरेको दशैंमा सजिलो रेन्टरलबाट पनि सेवा लिन र दिन सकिने कम्पनीले जनाएको छ ।

परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु पर्यो भने गाडी रिजर्भका लागि दुविधामा परी अल्लमल्ल हुन्छन्, मानिसहरुले भोग्ने यस्तै समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरेको कम्पनीका संस्थापक दामोदर फुयाँल (प्रज्वल) ले बताए ।

सजिलो रेन्टलले नेपालमा बस्ने मानिसहरुलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारी गरिरहेकाहरुलाई पनि सेवा दिन्छ । कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरु पोखरा, चितवन, बुटवल, धनगडी, नेपालगन्ज, इटहरी, बिर्तामोड र काठमाडौँमा सेवा प्रदान गर्दै आइरहेको छ ।

यात्राको क्रममा हुने जोखिम न्युनिकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले न्युनतम चार घन्टादेखि १ महिना वा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन् । सजिलो रेन्टल मार्फत सवारीधनीले सहज र सरल ढङ्गबाट आफ्नो आम्दानी बढाउन सक्छन् ।

सजिलो रेन्टलका ग्राहकहरुले परम्परागत शैलीमा गाडी मिलाइदिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नु पर्दैन भने वित्तीय पारदर्शीता पनि प्रर्वद्धन गर्ने योजना रहेको व्यवस्थापक जर्नादन गौतमले बताए ।