नेपाल बैंकको कामु सिईओमा समता पन्त नियुक्त


काठमाडौं । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा समता पन्त नियुक्त भएकी छन् ।

बैंक सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनको नियुक्ति असोज १५ गतेबाट लागू भइसकेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिए।

बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल गत असोज १४ गते समाप्त भएपछि सञ्चालक समितिको बैठकले सीईओ नियुक्त नभएसम्मका लागि पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

पन्त यसअघि नेपाल बैंकमा डीसीईओका रुपमा कार्यरत थिइन्।

पन्त विसं. २०६१ सालमा उनी नेपाल बैंककै छैटौँ तहको कर्मचारीका रुपमा प्रवेश गरेकी थिइन्।