समान अधिकारकाे माग गर्दै कर्मचारीकाे आन्दाेलन (फाेटाेफिचर)


काठमाडौँ । तीनै तहाकाे कर्मचारीलाई समान अधिकारकाे माग गर्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले काठमाडाैँमा वृहत दवावमुलक कार्यक्रम गरेकाे छ । संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले आन्दाेलनकाे नेतृत्वमा गरेकाे हाे ।

सरकारले ल्याउन लागेको संघीय निजामती विद्येयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीहरुले आज पनि आन्दोलन जारी राखेका छन् । एकीकृत निजामति सेवा ऐन जारी गर, समायोजन भएका कर्मचारीहरुको उचित व्यवस्थापन गर, तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर जस्ता विभिन्न माग उनीहरुले राखेका छन् ।

शब्द/तस्बिरः पुष्पा पाल