हुन्डाईले भाेलिदेखि ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने, यस्ता छन् कार्यक्रम


काठमाडौँ । हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट योजना अन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल’ आयोजना गर्ने भएको छ ।

हुन्डाईले असोज १९ शुक्रबारदेखि २१ गते आइतबारसम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन गर्न लागेको हो । महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदान–प्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने कम्पनीले जनाएको छ ।

कार्निवलमा हुण्डाईको सबै शोरुमहरूमा फरक–फरक कार्यक्रमहरू आयोजना हुनेछ। लाइफ फूड स्टल लाइभ सांगितिक प्रस्तुति, किड प्ले जोन, गाडी सम्बन्धि आवश्यक विभिन्न डाय टिप्स एण्ड ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने कम्पनीले जनाएकाे छ ।

तीनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्ट, एक्सटर ट्रिजर हन्ट, डेलि टेस्ट ड्राइभ एण्ड विन र महिला चालकहरूप्रति लक्षित ‘हुन्डाई ह्वील अन हिल्स’ जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ ।

कार्नीवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड बस्च तथा ह्वीलपुलका वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरू पाउन सक्ने कम्पनीले जनाएकाे छ ।