कजारिया रमेश टाईल्सको लागि वित्तीय कन्सोर्टियम सम्झौता सम्पन्न


काठमाडौँ । कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्प बिचको नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन ५०ः५० को संयुक्त लगानी कजारिया रमेश टाईल्स लिमिटेडले वित्तीय कन्सोर्टियम सम्झौताको सफलता पुर्वक समापन भएको भएको छ । कम्पनीले आफ्नो लगभग रु ४०० करोडको महत्वाकांक्षी परियोजनाको लागि रु ३०० करोडको पर्याप्त लगानी कोष सफलतापूर्वक प्राप्त गरेका छन् ।

यो सम्झौता एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा नबिल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड लगायत वित्तीय संस्थाहरु संगको सहकार्यमा भएको थियो । यो सम्झौतामा रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरेका छन् ।

नेपाललाई भिट्रिफाइड टाइल्स र सेरामिक उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धताका साथ कजारिया रमेश टाईल्स लिमिटेडले नेपालमा टाइल उत्पादनको लागि ग्रीनफिल्ड परियोजना सुरु गरेका छन् । यो महत्वाकांक्षी उद्यम कजारिया सेरामिक्स, भारतको अग्रणी र विश्वको ७ औं सबैभन्दा ठूलो टाइल उत्पादक संग ५०ः५० को संयुक्त लगानी उद्यमको रूपमा सञ्चालन गरिएको जनाएको छ ।

कम्पनीका अनुसार यो परियोजना नेपाल भित्र उच्च गुणस्तरको कजारिया टाइल्स उत्पादन गर्न समर्पित रहने उल्लेख गरेको छ । नवलपरासीमा रहेको ८० लाख–वर्ग–मिटरको उत्पादन क्षमता भएकोे नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन गर्ने उद्योग हुनेछ ।