नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबिच समझदारीपत्रमा हस्ताक्षर


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबिच पुँजी बजार सम्बन्धी ज्ञान तथा जनचेतना अभिवृद्धिका लागि भन्दै लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विश्व लगानीकता सप्ताह २०२२ को अवसरमा मिति बिहिवार महासंघमा आयोजित एक कार्यक्रमबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बोर्डका अध्यक्ष रमेश कुमार हमाल र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोर्डका अध्यक्ष रमेश कुमार हमालले समझदारीका लागि महासंघलाई धन्यवाद ज्ञापन गर्दै वित्तीय साक्षरता अभिवृद्धिमा एक कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

धितोपत्र बजारमा लगानी तथा जोखिम सम्बन्धी जनचेतना अभिवृद्धि हुने अध्यक्ष ढकालको भनाई थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष ढकालले महासंघको सञ्जाल देशव्यापी रहेको र उक्त सञ्जाल मार्फत धितोपत्र बजार सम्बन्धी ज्ञान अभिवृद्धिमा विशेष योगदान गर्न सकिने हुँदा समझदारी गरिएको बताए ।

करिब ५९ लाख लगानीकर्ता रहेको धितोपत्र बजार विकासमा सरकार सम्वेदनशील हुनुपने अध्यक्ष ढकाललको भनाइ थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्षसुरजकृष्ण वैद्यले धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई हेर्दा बजार सम्बन्धी ज्ञान बढाउनुपर्ने आवश्यकतादेखि समझदारी गर्ने प्रकृया अगाडि बढाएको बताए ।