राष्ट्र बैंकले ल्यायाे २० रूपैयाँ दरको नयाँ नोट प्रचलनमा


काठमाडौँ । नेपाल राष्ट्र बैंकले रुपैयाँ २० दरको नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले शुक्रबारदेखि साविककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्मका २० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नोटको अगाडीको भागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको छाप, गर्भनर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ छ ।

नोटको पछाडीको भागको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको, मध्यभागमा दुईवाट बाह्रसिङ्गाको चित्र, तल्लो भागमा रुपिज ट्वान्टी लेखिएको र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अङ्ग्रेजीमा २०२३ ए.डी लेखिएको छ ।