आई.एम. एस. सफ्टवेयर प्रा.लि र सरस वेभिरेजबिच ‘सेल्स फोर्स अटोमेसन सोलुसन’मा साझेदारी


काठमाडौँ । आई. एम. एस. सफ्टवेयर प्राईभेट लिमिटेड र सरस वेभिरेज प्राईभेट लिमिटेडबिच अर्डर व्यवस्थापनमा व्यापक सुधार गर्न भन्दै ‘सेल्स फोर्स अटोमेसन सोलुसन’को लागि साझेदारी गरेको छ ।

समझादारीमा आई. एम. एस. सफ्टवेयर प्राईभेट लिमिटेडको तर्फबाट प्रवन्ध निर्देशक सन्तोष ताम्राकार र सरस विभिरेजको तर्फबाट महानिर्देशक निर्भिक प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा सरस वेभिरेजको अर्डर लिने पक्रियालाई व्यवस्थित र सरल बनाउनका लागि आइएमएस सफ्टवेयरले सेल्स फोर्स अटोमेसन (एसएफए) र सेल्स फोर्स अटामेसन पल्स (एसएफए+) मार्फत काम गर्ने भनिएको छ ।

दुइ दशकदेखि डिजिटल रुपान्तरणको क्षेत्रमा काम गर्दै आइरहेको आई. एम. एस. सफ्टवेयर प्राईभेट लिमिटेड र सन् २०२३ मा स्थापना भएको सरस वेभिरेज विश्वप्रसिद्ध पेय ब्रान्ड रेडबुलको नेपालका लागि निमार्ता र वितरक हो । यो रणनीतिक साझेदारीले दुवै संस्थाको उद्देश्य पूर्ति गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रबन्ध निर्देशक तम्राकारले भने,“सेल्स फोर्स अटोमेसनले मजबुत डिजिटल प्लेटफार्मको रुपमा काम गर्छ, यसको मद्दतले सारस वेभिरेजले आफूले अर्डर व्यवस्थित गरी, त्यसलाई उपभोत्तामैत्री बनाउनेछ । सबैभन्दा प्रभावशाली भूमिका भने सेल्स फोर्स अटामेसन पल्स (एसएफए+) को हुनेछ । जुनै पनि समयमा वितरकको स्टकमा भएको सूची यसले देखाउनेछ ।”

यस मार्फत वेभिरेजले आफ्नो गोदाममा मात्र होइन बजारमा पनि कति स्टक छ भन्ने जानकारी सहजै लिन सकिने र स्टकको व्यवस्थापन अनि बजार अनुसार उत्पादनको आपूर्ति पनि गर्न सकिने महानिर्देशक श्रेष्ठले बताए ।

सेल्स फोर्स अटामेसन पल्स (एसएफए+) ले रियल–टाइम योजना र बोनसको हिसाब राख्ने जारी विज्ञप्तिमा उल्लेख छ । महानिर्देशक श्रेष्ठले भने,“ वितरकले आफूले पाउनुपर्ने दाबीका लागि अब १५–२० कुर्नुपर्दैन । तत्कालैे हिसाब हुन्छ । वितरकले राम्रो गरे वापत पाउने पुरस्कार वा सुविधालाई पनि यसले भनेकै समयमा देखाइ दिन्छ । वितरकलाई सहज हुने यो तरिकाले तीसँग सरस विभिरेजको व्यवसायिक सम्बन्धलाई पनि बलियो बनाउनेछ ।”

सम्झौता पछि ताम्राकारले भने,“हाम्रो संस्था डिजिटल रुपान्तरका लागि लामो समय देखि प्रतिबद्ध छ, प्रविधिको प्रयोगले सरस वेभिरेजको अर्डर व्यवस्थापन र उसको उपभोत्तासँगको सम्बन्धलाई मजबुत बनाउन साझेदारका रुपमा काम गर्न हामी उत्सुक छौं ।”

सरस वेभिरेज प्राइभेट लिमिटेड रेडबुल नेपालको विशेष वितरक हो र यो विभिरेज उद्योगमा भूमिका महŒवपूर्ण छ । कम्पनीले भरतपूरमा अत्याधुनिक सुविधायुक्त कारखानाको स्थापना गरेको छ ।

रेडबुलको विश्वस्तरीय गुणस्तरको सुनिश्चतता र त्यसको पहुँच नेपाली उपभोत्तासम्म पनि विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।