जनकपुरस्थित बिग मार्टमा भीषण आगलागी


जनकपुर । जनकपुरस्थित बिग मार्टमा भीषण आगलागी भएको छ । जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा भीषण आगलागी हो । शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगो आज बिहान मात्र नियन्त्रणमा आएको हो ।

आगो निभाउन ५ वटा बारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिइएको थियो। आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ ।

आगलगी कसरी भएको कुरा खुल्न सकेको छैन् । विद्युत सर्ट भएर आगलगी भएको हुनसक्ने अनुमान छ । मार्टका सञ्चालक रामबाबु रायले राति ११ बजे अचानक आगो सल्केको थाहा पाएको बताए । आगलागीबाट कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।