फोर्स मोटर्सका गाडी खरिद गर्नेलाई रिलायन्स फाइनान्सले ७० प्रतिशतसम्म कर्जा दिने


काठमाडौँ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा।लिले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ ।

आयाम इन्टरकन्टिनेटल प्रा।लि का तर्फबाट कम्पनीका अध्यक्ष डा ध्रुव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र डीसीईओ रामहरी आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटल प्रा।लि को सिफारिस प्राप्त ग्राहकहरूले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रा। लि।का देशभरि रहेका सम्पुर्ण डिलरहरू र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ ।

साथै फोर्स मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । कम्पनीको अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा फ्री लगायतका आफरहरू सार्वजनिक गरेको छ ।