गोकुलगंगामा उत्पादित तरकारी र कृषिउपज वस्तुहरू बजारीकरण गर्दै गोल्यान समूह


काठमाडौँ । गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रा।लि। र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा गाउँपालिकाभित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरूको बजारीकरण गर्ने भएको छ ।

रामेछापको गोकुलगंगा पाउँपालिकाभित्र उत्पादित कृषिउपचलाई खरिद गरी गोल्यान समूहअन्तर्गतको जनता एग्रो एन्ड फरेष्ट्री र माटो ब्रान्डमार्फत बजारीकरण गर्ने भएको हो ।

गोकुलगंगाको कृषि उत्पादनमा वृद्धि गर्ने र किसानहरूलाई व्यवसायी कृषिमा लगाएर पालिकामा उत्पादन भएको कृषिउपज वस्तु खरिद गरी बजारको सुनिश्चितता गर्ने भएको छ ।

गोकुलगंगा गाउँपालिका कृषि उत्पादनमा ठूलो सम्भावना देखिएकाले जनता एग्रोले उक्त पालिकाबाट पहाडको उत्पादन बजारीकरण गरी विदेशसम्म निर्यात गर्ने वातावरण बनाउन लागिएको कम्पनीले बताएको छ ।

जनता एग्रो एन्ड फरेष्ट्री र माटो ब्राण्डले आगामी ५ वर्षमा ५० हजार किसानसँग जोडिने उद्देश्यका साथ गोकुलगंगा पालिकामा कृषिउपज तरकारी, फलफूललगायतका वस्तु खरिद गरी बजारीकरण गर्ने योजनाका साथ गोकुलगंगा गाउँपालिकाबाट सुरुवात गर्न लागेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले बताए ।

उनले गोकुलगंगाको भूगोल, हावापानी र किसानहरूको उत्साह देखेर किसानसँग सहकार्य गर्न उत्सुकता बढेको बताए । उनले यो योजनाअन्तर्गत झापाका केही नगरपालिकामा जोडिसकेको समेत बताए ।

उनले गोकुलगंगा पहाडी जिल्लामा पहिलो परीक्षण रहेको भन्दै ५ सयदेखि ४३ सय मिटरको एउटै भूगोल भएकाले कृषिमा धेरै ठूलो सम्भावना देखिएको बताए ।

अध्यक्ष गोल्यानले सबै ठाउँमा बाटोको समस्याको कारण पुग्न नसकिए पनि रस्नालुसम्म पुग्दा साना किसान र कृषि प्रशोधनका लागि उपयुक्त ठाउँ भेटिएको बताए । उनले पालिकाका किसानहरूलाई के–के उत्पादन गर्ने भन्नेकुरा क्यालेन्डर बनाएर दिने र किसानले उत्पादन गरेका सबै उत्पादन खरिद गरी बजारीकरण तथा विदेश निर्यात गर्ने बताए ।

उनले गोकुलगंगाका किसानलाई कृषि खेतीका लागि आवश्यक कृषि कर्जाका लागि सहजीकरणसमेत गरिदिने योजना रहेको बताए ।

उनले गोकुलगंगामा कन्ट्याक्ट फार्मिङ सुरुवात गरी त्यहाँका किसानको आम्दानी पाँच वर्षमा दोब्बर बनाउने उद्देश्य रहेको बताए । उनले गोकुलगंगाको उत्पादनलाई काठमाडौँमा मात्रै नभएर विश्वभर रहेका ८० लाख एनआरएनहरूलाई पुर्‍याउने योजना रहेको बताए ।

उनले गोल्यान समूहले गोल्यान एग्रो प्रा।लि।मार्फत माटो ब्रान्ड अगाडि नै स्थापित रहेको भन्दै अहिले अर्गानी ब्रान्ड आशापुरीसमेत जोडेर जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड सञ्चालनमा ल्याएको बताए ।

त्यस्तै, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले गोकुलगंगामा उत्पादन हुन सक्ने कृषिको सम्भावना र किसान पहिचान गरी कार्यविधि बनाएर अगाडि बढ्ने बताए । उनले पालिकाको सबैभन्दा ठूलो सम्भावना कृषि रहेकाले पालिकाले पनि कृषिमा प्राथमिकता दिएको बताए ।

उनले पालिकाका किसानहरूको आम्दानीको स्रोत बनाउने र उत्पादित सामग्री खरिद गरिने कुरामा पालिका सकारात्मक रहेको भन्दै गोल्यान एग्रो प्रा।लि।सँग सहकार्य गर्न सकिने बताए ।

अध्यक्ष खड्काले गाउँपालिका आफैँले पालिकामा उत्पादित कृषि सामग्री राख्न कोल्ड स्टोर बनाउने योजना रहेको भए पनि स्टोर सञ्चालनमा समस्या रहेको बताए । उनले पाँच वर्षको कार्यकालमा पालिकामा कृषि, सडक, शिक्षा क्षेत्रमा विकास र समृद्धि ल्याउने गरी काम गरिरहेको बताए ।

गोल्यान एग्रो प्रा।लि।ले पहिलो चरणमा झापाका विभिन्न स्थानमा २ सय बिघा जग्गा खरिद गरेर व्यावसायिक फार्मको स्थापना गरेर कृषिमा काम गरिरहेको छ ।

उत्पादनमा आफैँ अग्रसर गोल्यान समूहले देशभरबाट प्रांगरिक कृषिउपज संकलन गरी माटो ब्रान्डमार्फत बजारीकरण गरिरहेको छ । माटो ब्रान्डमार्फत मौसमी तरकारीसँगै फलफूल, चिया, कफी, मसला, बासनादार चामल, महलगायतका सबैखाले कृषिजन्य उपजहरू उपलब्ध गराउँदै आएको छ