प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौँ । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो ३ बजे संघीय ससद् भवनबानेश्वरमा बैठक बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यसैगरी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने, सभामुखले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ।