टाटा मोटर्सले ल्यायो ‘बडा दसैँ बडा अफर’


काठमाडौँ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले विजया दशमी, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई ‘टाटा मोटर्स बडा दसैँ बडा अफर’ सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले टाटा आइस रेञ्जका गाडीको खरिदमा सात लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन्।

यसका साथै टाटा ईभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीले जनाएको छ । ईभी तथा आइस रेञ्जका अफरहरू तथा थप जानकारीका लागि नजिकको टाटा मोटर्स्का शोरुमहरूमा सम्पर्क गर्न सकिनेछ ।

बडा दसैँको शुभ अवसरमा ग्राहकले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र इभी रेञ्जका गाडीहरू अवलोकन र टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।