बुक बिल्डिङ प्रक्रिया अगाडी बढेको छ : अध्यक्ष हमाल


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बहुचर्चित बुक बिल्डिङ प्रणालीको कार्य अगाडी बढेको बताएका छन् ।
धितोपत्र ब्रोकर एशोसिए नेपालले आयोजना गरेको विश्व लगानी सप्ताह २०२३को समापन समारोहमा बोल्दै अध्यक्ष हमालले बिल्डिङ प्रणालीको प्रक्रिया अगाडी बढेको बताए ।
६ महिना अगाडी बुक बिल्डिङको विषयमा छलफल गर्न नेप्से लगायत सरोकारवालहरुसँग संयुक्त बैठक बसेको जानकारी दिए ।
उनले भने “आज भन्दा ६ महिना अगाडी सम्बन्धित इस्यू कम्पनी, इस्यू म्यानेजर नेप्से, सिडीएससी र बोर्डका पदाधिकारीको संयुक्त बैठक बसेर बुक बिल्डि बुक बिल्डिङ अगाडी बढ्न नसक्नुको विषयमा छलफल गएका थियौ ।”

अहिले बल्ल समस्यालाई चिर्ने अवस्थामा पुगेका छा,ैं २ ÷४ महिना ढिलो भएपनि २ ओटा कम्पनीको प्रक्रिया अगाडी बढेको अध्यक्ष हमालले बताए ।

बुक बिल्डिङमा क्रस होल्डिङको समस्या भने निकै चुनौतीपूर्ण रहेको उनले बताए ।

“क्रस होल्डिङ भएका कम्पनीहरुका कारण बुक बिल्डिङ लागू गर्न समस्या भएको छ,’ हमालले भने, “तथापि बुक बिल्डिङको काम चाँडै सक्छौं ।”

बुक बिल्डिङ प्रणाली ल्याउनु राम्रो हो तर यसले नै हाम्रा सबै बिरामी (समस्या) निको पार्छ भन्ने होइन हमालले तर्क गरे ।