आजदेखि चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन खुला


काठमाडौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि साधारण सेयर आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज असोज २३ गतेदेखि ८ लाख कित्ता बढि सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि सेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ।

कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

उक्त आइपीओमा लगानीकर्ताले छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गते बैंकिङसमयसम्म आवेदन दिन सक्ने जनाएको छ ।

लगानीकर्ताले यो आईपीओमा यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

कम्पनीले उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।