मिड सोलु हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बुधबार मिड सोलु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सेयर कारोबारका लागि सूचीकृत भएको छ।

यो कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेञ्ज पाएको छ । दोस्रो बजारमा कारोबारको लागि नेप्सेले कम्पनीलाई एमएसएचएल संकेत प्रदान गरेको छ ।

यो कम्पनीको कुल ७४ लाख ८४ हजार ६४७ कित्ता साधारण सेयर सूचीकृत भएको हो ।यो कम्पनीको सेयर कारोबार दोश्रो बजारमा बिहीबारदेखि हुनेछ ।