कोरोनापछि चम्किएको ‘पाल्की’को बान्की


मीनाको सफलताकोपछि उनको आफ्नो कडा मेहनत र आत्मबलसँगै परिवारको साथ पनि छ। श्रीमान्, बुबाआमा बहिनीदेखि सासूससुराले साथ दिएका छन् । उनकी बहिनी एलिजा राणा ज्ञवाली र श्रीमान् उनको सफलताको मुख्य पात्र हुन् ।

कसैले तपाईंलाई ‘परिस्थति जस्तोसुकै होस्, मनस्थिति मजबुत भएपछि जीवनमा सफल भइन्छ’ भन्यो भने कस्तो लाग्छ ? यदि जीवनमा हन्डर खानु भएको छैन भने यस्ता भनाइ आदर्श मात्र हुन् भन्ने निश्कर्ष निकाल्न सक्नुहुन्छ । यी भनाइमा सीमित हुने कुरा हुन् भन्दै बेवास्ता पनि गर्न सक्नु होला । यही आदर्शलाई आत्मविश्वास ठानेर अगाडि बढेर सफल भएकी नारीको उदाहरण जान्न मन लागेमा कथामा हैन यथार्थमै पात्रहरू भेटिन्छन् । यिनैमध्येकी एक हुन्– मीना राणा ।

राणा बाल्यकालदेखि नै अटिजमबाट ग्रसित थिइन् । बाल्यकाल सुखसयलमै बिताएकी राणा अटिजमकै कारण एसएलसीको पढाइ सामान्य बन्यो । जस्तोसुकै परिस्थिति आएपछि सामना गरेर अगाडि बढ्ने सामाथ्र्य भएकी राणाका अगाडि अटिजम जस्तो रोगले पनि हार्नु प¥यो । उनी अटिजम जितेर सामान्य अवस्थामा फर्किइन् ।

राणा परिवारमा विवाह गरेकी मीना यतिबेला आफ्नो व्यवसायमा व्यस्त छिन् । पोष्टपार्टम डिप्रेसनपछि उद्यमशीलतामा होमिएकी मीनाको दुई ‘क्लोथिङ स्टोर’ ‘पाल्की’ र सौभाग्यले अनलाइन र अफलाइनमा पनि उत्तिकै उपभोक्ताको मन जितिरहेको छ । २० लाख रुपैयाँको सुरुवाती लगानीबाट ३ करोडको बनिसकेको राणाको उद्यम व्यवसायले ४० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

नक्सालको भाटभटेनी अगाडि उनले २०७५ सालदेखि ‘पाल्की’ नामक कपडाको व्यवसाय सुरु गरेकी हुन् । अहिले चर्चित सामाजिक सञ्जाल उनको व्यवसाय विस्तारको माध्यम बनेको छ । आर्थिक मन्दीसँगै असन तथा न्युरोडका गल्लीहरूमा व्यापार नभएको व्यापारीको गुनासो आइरहेको बेला यता राणाले सुरु गरेको ‘पाल्की’ मा भने उपभोक्ताको घुँइचो नै छ ।

कोभिड महामारीपछि आर्थिक मन्दीमा पनि नक्साल जस्तो महँगो ठाउँमा व्यवसाय टिकाउन अनलाइन व्यापारले थप सहज भएको उनी बताउँछिन् । उनले केही समयअघि मात्रै ‘पाल्की’ को अर्को शाखा ‘सौभाग्य’ विस्तार गरेकी हुन् । शाखामा पनि उत्तिकै घुँइचो देख्न सकिन्छ । चाडपर्व नजिकिँदै जाँदा यी दुवै पसलले अहिले गरेको व्यापारबाट राणा र उपभोक्ता दुवै सन्तुष्ट बनिरहेका छन् ।

‘पोष्टपार्टम’ डिप्रसेनपछि निरन्तर उद्यमशीलता

मीना २०७४ सालमा राणा परिवारमा विवाह गरेर आइन् । उनले २०७५ सालमा २५ बर्षको उमेरमा पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिइन् । अटिजम जितेकी राणालाई अर्को समस्या आइलाग्यो, ‘पोष्टपार्टम डिप्रेसन’ । बच्चा जन्मिए लगतै उनलाई पोष्टपार्टम डिपे्रसन भयो । पहिलो पटक आमा बनेपछि महिलाहरूमा देखिने मानसिक समस्यालाई पोष्टपार्टम डिप्रेसन भनिन्छ ।

आमा बनेपछि अथवा सुत्केरी भएपछि अधिकांश महिलाहरूलाई एक महिनादेखि ६ महिनासम्ममा यस्तो समस्या देखिने चिकित्सकहरू बताउँछन् । अधिकांश नयाँ आमाहरूमा देखिने ‘पोष्टपार्टम डिपे्रसन’बाट उनी पनि ग्रसित बनिन् । श्रीमान्लाई सबै कुरा भन्न असहज भएपछि उनी बहिनीको सहयोगमा मनोचिकित्सककहाँ पुगिन् । केही समयपछि उनलाई ठिक पनि भयो । आफूलाई व्यस्त राख्न बहिनी एलिजा राणा ज्ञवालीको सल्लाहमा दिदीबहिनी मिलेर व्यवसाय गर्ने सोच बनाए । त्यही व्यवसाय अहिले ‘‘पाल्की’ ’ र ‘सौभाग्य’को नाममा चर्चित छ । 

मीनालाई व्यवसायमा पनि हिराको व्यापार गर्ने सोच थियो तर परिवारले नेपाली बजारमा हिराको व्यापार त्यति फाइदाजनक नहुने सुझाव दिएपछि कपडाको व्यवसाय सुरु गरिन् । “पछि राम्रो हुँदै गए त्यता पनि जोडिने सोचले कपडाबाटै सुरुवात गरेका हौँ,” उनले आफ्नो इच्छा सुनाइन् । सुरुमा कपडाको व्यापार गर्ने भन्दा आफन्तहरूले घर घरमा कपडा पसल भएको र नचल्ने भन्दै नपत्याएको अनुभव पनि छ उनको । 

‘‘पाल्की’ ’ सुरु गर्दा व्यापारभन्दा पनि पोष्टपार्टम डिपे्रसनबाट बाहिर आउन व्यस्तताले सहयोग हुने भन्दै यसको सुरुवात गरियो,” उनले सुनाइन् । भर्खर आमा भएकाहरूमा आउने पोष्टपार्टम डिपे्रसनबाट उम्किन मन र दिमागलाई व्यस्त राख्न सुरु गरेको यो व्यवसाय उनलाई फाप्यो र अहिले विस्तारै झाँगिँदै गइरहेको छ ।

कोभिडको असर नै अवसर

यसै पनि डिप्रेसनबाट उम्कँदै गरेको अवस्था थियो । मीनाले ‘पाल्की’ स्थापना गरेको केही समयमै सुरु भएको कोभिडले विश्वभर लकडाउनको अवस्था सिर्जना भयो । व्यवसायले लय नसमाउँदै फैलिएको कोभिडका कारण नक्साल जस्तो ठाउँका महंगा सटरमा भाडा तिर्दा नोक्सानी व्यहोर्नु पर्यो । त्यसमाथि उनी आफै पनि कोभिड संक्रमति भइन् । घरमै आइसोलेसनमा बसिन् । केही समयमै उनी ठिक पनि भइन् । उनलाई २ पटकसम्म कोभिड संक्रमण भयो तर पनि हिम्मत भने हारिनन् । व्यवसायलाई निरन्तरता दिनमै केन्द्रित भइन् । 

कोभिडको दोस्रो लहरमा उनले अनलाइनबाट व्यापार गर्ने मनसाय बनाइन् । त्यसबेला टिकटकले राम्रै बजार पाउन थालिसकेको थियो । लकडाउनको समयमा टिकटकको कारण धेरै नेपालीले सहज रूपमा समय विताएका थिए । सबै इन्टरनेटमा भुल्न थालेको यो समयमा मीनाले अनलाइन माध्यमबाट व्यापार गर्न सुरु गरिन् । सुरुवातका दिनमा त्यसको खासै राम्रो नतिजा आएन तर विस्तारै देशविदेशबाट लुगाको अर्डर आउन थाल्यो । उनले अनलाइन व्यापारमा थप सक्रियता बढाइन्, विस्तारै व्यापारले गति लियो । मीनाले अहिले अनलाइन र अफलाइन दुबै माध्यमबाट राम्रो व्यापार गरेको बताइन् । 

परिवारको सहयोगले व्यवसायमा सफल 

मीनाको सफलताकोपछि उनको आफ्नो कडा मेहनत र आत्मबलसँगै परिवारको साथ पनि छ । श्रीमान्, बुबाआमा बहिनीदेखि सासूससुराले साथ दिएका छन् । उनकी बहिनी र श्रीमान् उनको सफलताको मुख्य पात्र हुन् । ‘पाल्की’ र ‘सौभाग्य’ दुबैमा दिदीबहिनीको लगानी रहेको छ । बाबुआमाभन्दा पनि माया गर्ने सासूससुरा भएकाले आपूmले थप सफलता पाएको उनको भनाइ छ । तीन जना सन्तानकी आमा भएकी मीनालाई घरबाट निस्किन त्यति सजिलो भने छैन । “तर सासूससुराले छोराछोरीलाई समय दिने भएकाले यो पेसामा लाग्न सजिलो भएको छ,” उनको भनाइ छ । 

नेपालमा कोभिडपछि स्थान पाएको अनलाइन व्यवसायबाट लाभ लिनेमा मीना पनि भइन् । “यसअघि नेपालमा अनलाइनबाट सामान खरिद गर्ने चलन कमै थियो, अझै इबैकिंङले सहज बनाएको छ,” उनी भन्छिन्, “यति मात्रै नभएर व्यस्तताका बाबजुद छोटो समय मिलाएर सामान किन्नु पर्ने व्यक्तिहरूका लागि अहिले अनलाइन सामान किन्न सहजसमेत भएको छ ।” उपभोक्ताको सहजता नै मीनाको व्यापार सहजता बनेको छ । सुरुमा लख काट्ने आफन्तजन पनि दिदी बहिनीको सफलताको प्रशंसक बनेका छन् ।

पोष्टपार्टम डिप्रेसनपछि उद्यमशीलतामा होमिएकी मीना राणाको दुई ‘क्लोथिङ स्टोर’ ‘पाल्की’ र सौभाग्यले अनलाइन र अफलाइनमा पनि उत्तिकै उपभोक्ताको मन जितिरहेको छ। बिस लाखको सुरुवाती लगानीबाट चार करोडको बनिसकेको राणाको उद्यम व्यवसायले चािलस जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

४० जनालाई रोजगारी 

मीना र उनकी बहिनी एलिजाले २०७५ सालमा ‘पाल्की’ सुरु गर्दा बुबाआमासँगै २० लाख मागेर व्यवसाय सुरु गरेका थिए । अहिले लगानी ४ करोडभन्दा माथि रहेको मीना बताउँछिन् । ‘पाल्की’ को सफलतासँगै केही समयअघि दिदीबहिनीले ‘सौभाग्य’ वाइ ‘पाल्की’ नामक अर्को शाखा खोलेका हुन् । यसबाट ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उपभोक्ताको चाहनाअनुसारको लुगा लिनका लागि सिधै भारतको कारखानामा जाने हुनाले पनि कम नाफा राखेर औषत मूल्यमा बिक्री गरिरहेको बताउँछिन् मीना । 

मीनाको उद्देश्य भनेको एउटै छानामुनि निम्न वर्गीयदेखि, मध्य र उच्च वर्गका व्यक्तिलाई सेवा दिनु हो । सस्तो चाहने व्यक्ति र महंगो दुबै वर्गका लागि सेवा उपलब्ध गराउन ‘पाल्की’ र सौभाग्य वाइ ‘पाल्की’ व्यस्त देखिन्छन् । “पसलमा पुगेपछि कोही महँगो भएकै कारण फर्किनु नपरोस् भन्ने हाम्रो चाहना हो । हामीले पसलमा पाँच सय रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मका सामान उपलब्ध गराएका छौँ,” उनले भनिन् । टिकटकमा भाइरल भएकाहरूसँग राम्रो सङ्गत छ उनको । रेडिमेट कपडाहरू सेलिब्रटी टिकटकरलाई लगाउन लगाएर टिकटकमा पोष्ट गर्छिन् । यसो गर्दा उनको व्यवसाय, टिकटकर र उपभोक्ता तीनै पक्षलाई लाभ मिलेको छ ।

महिला उद्यमशीलता बढी चुनौतीपूर्ण 

हाम्रो समाजमा महिलाले केही काम गर्न खोज्दा धेरै नै चुनौती भोग्नु पर्ने मीनाको अनुभव छ । ‘पाल्की’ सुरु गर्दा पनि उनका आफन्तले कामको बारेमा प्रश्न गरेको उनको गुनासो छ । यद्यपी महिलामा लगनशीलता र सहनशीलता बढी हुने भएकाले उद्यमशीलतामा महिलाका लागि अवसर पनि उत्तिकै रहेको अनुभव मीनाको छ । “महिलालाई व्यापार वा जागिर हरेक क्षेत्रमा प्रश्न गर्ने समाजले सफलता र अफलता दुवैमा साथ नदिने हुनाले यसको समाना गरी अघि बढ्नु नै उपयुक्त हुन्छ,” उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, “केही गर्न चाहने महिलालाई परिवारबाटै सहयोग भयो भने बाँकी समाजले खासै असर पर्दैन । समाज भनेको बाहिर बसेर हेर्ने हो । मेहनत र दृढता भयो भने सफल हुन सकिन्छ ।” यो नै उनको पछिल्लो पाँच वर्षको सिकाइ रहेको बताइन् । 

समाजसेवामा अग्रसर, चाहना राजनीतिको

व्यवसायले गति लिएपछि उनी व्यवसाय विस्तारसँगै समाजसेवामा पनि उत्तिकै तल्लीन छिन् । कमाएको रकमको केही प्रतिशत सेवामा खर्च गर्नु उनले धर्म ठानेकी छिन् तर आपूmले गरेको समाजसेवा समाजमा देखाउनभन्दा पनि आत्मसन्तुष्टिका लागि गर्ने भएकाले गुपचुपमै सेवा गर्छिन् । उनले मृगौला फेल भएर जीवनमरणमा पुगेको एक जना बच्चालाई उपचारमा सहयोग गरेकी थिइन् । यो कुरा कसैले बाहिर ल्याएकोमा उनलाई चित्त बुझेको थिएन । भविष्यमा व्यवसाय र समाजसेवासँगै राजनीतिमा होमिने इच्छा छ उनको । परिवार पनि राजीतिक पृष्ठभूमिबाट आएकाले राम्रो पार्टी र उपयुक्त अफर आएमा राजनीतिमा लागेर समाजसेवा गर्ने उनको धोको रहेको सुनाइन् ।

(टक्सार म्यागजिन २०८०, भदै अंकबाट)