नेप्सेमा २३ अंकको गिरावट, कारोबार रकम डेढ अर्ब माथि


काठमाडौं । बुधबार झिनो अंकले बढेको सेयरबजारमा बिहीबार भने पुनः गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक २३.१० अंकले घटेर १८७१.६५ अंकमा पुगेको छ ।


आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्यूचुअल फण्ड उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार नेप्सेमा लक्ष्मि सनराईज बैंकको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त सेयर १६ करोड २८ लाख ४८ हजार ४ सय रुपैयाँको कारोबार भएको छ ।

आजको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मिड सोलु हाइड्रो पावरको सबैभन्दा धेरै कारोबार भएको छ । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.०९ प्रतिशतले घटेको छ ।

कुल २९१ कम्पनीको ७४ लाख १ हजार ७ सय ८३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६५करोड ३९ लाख ४७ हजार ७ सय रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।