उकालो लाग्यो सुन, यस्तो छ आजको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ६०० रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको विवरण अनुसार आज चाँदीको मूल्य भने घटेको छ । बिहिबार तोलाको १३५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।