एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन


काठमाडौँ । एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ ।

यस हबको प्रयोग गरी ग्राहकहरुले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संस्थामा विद्यार्थी भर्ना आवेदन शुल्क, पिटिई, स्याट, युएसइमएलई, फ्लाई वायर, स्विफ्ट, ग्रि, एसिसिए जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्ने जनाइएको छ ।

द फाइनान्सियल टाइम्स, लन्डनको ’द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ।

एनएमबी बैंक हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टर मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।