बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय थप


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंक त्रयमासको वित्तिय विवरण प्रकाशित गर्ने समय थप गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले मासिक त्रयमासको विवरणहरु ७ दिनभित्र राष्ट्र बैंकमा पठाउनु पर्ने र त्रयमासको महिना सकिएको मितिले ७ दिनभित्र प्रकाशन गर्नुपर्ने थियो ।

राष्ट्र बैंकले वित्तीय विवरण प्रकाशन गर्न २०८० कात्तिक १७ गतेसम्म समय थप गरेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रयमासको मासिक र त्रैमासिक विवरण पठाउन र आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रयमासको लागि अन्तरिम वित्तीय प्रकाशन गर्न समय थपेको हो ।