चाडपर्वमा इसेवाबाट कारोबार गर्दा यामाहा मोटरसाइकल जित्ने अवसर


काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले दशैं-तिहार लगायतका चाडपर्वलाई लक्षित गरी ‘इसेवा डिजिटल उत्सव’-हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ ।

यस अफसर अन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्यको यामाहा न्यू एफजेड एफआई भर्सन ३.० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सकिने कम्पनीले बताएको छ ।

यसैगरी इसेवा मार्फत ३७.९९ रूपैयाँको खेल बाहेक कुनै पनि दुई वटा भिन्न कारोबार गर्दा दुई जनाले यामाहा न्यू एफजेड एफआई भर्सन ३.० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सक्नेछन् ।

इसेवा डिजिटल उत्सव अफर अन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन् । साथमा ज्ञ कात्तिकमा इसेवा केअर किन्दा भाग्यशाली १ जनाले १०० गुणा क्यासब्याक पाउने छन् ।

त्यसै गरी, इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीको लागि होटेलको स्टेकेसन प्याकेज तथा १ जनाले  RealMe 11x 5G छन् पाउने छन् ।

त्यसका साथै, इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले ३०० रूपैयाँसम्मको क्यासब्याक र सीजी डिजिटलको टिभी समेत जित्न सक्नेछन् ।

बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्नेछन् ।

इसेवामा आवद्ध व्यवसायीहरूले सेमत ग्राहकहरू मार्फत क्यू(आर भुक्तानी लिँदा वासिंग मेसिन, एयर फ्रायर, स्याण्डविच मेकर लगायतको उपहार जित्न सक्नेछन् । त्यसै गरी, अनलाइन कारोबारका लागि इसेवाबाट भुक्तानी गर्नेले बिनब्याग समेत जित्न सक्नेछन् ।

विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदार मार्फत इसेवा वालेटमा ५ हजार रूपैयाँ भन्दा बढीको भुक्तानी पाउने सबैले टप-अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा क्यासब्याकका लागि प्रोमो कोड प्राप्त गर्नेछन् ।