अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च


काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार (असोज ३० गते) १ डलरको मूल्य (बिक्रीदर) १३३ रुपैयाँ ५५ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३२ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

यसअघि असोज २ गते डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ५४ पैसा पुगेर रेकर्ड बनाएको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । सोमबार भारतीय रुपैयाँ (भारु) पनि इतिहासकै न्यून विन्दुमा बन्द भएको थियो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ८३.२७७५ मा बन्द भएको थियो ।