निशानको अफर: भाग्यशाली ४ बिजेतालाई इंग्ल्याण्ड र पाकिस्तानबिचको खेलको टिकट


काठमाडाैँ । पायोनियर मोटो कर्पले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँगको साझेदारी आठौं वर्षमा निरन्तरता दिने घोषणा गरेको थियो।

यतिबेला आइसिसी पुरुष क्रिकेट विश्वकप २०२३ पुरा विश्वले उत्साहपूर्ण रुपले मनाइरहेका छन्। यही उत्सवमा आफ्ना ग्राहकहरूका लागि खुसी थप्न निशानले भाग्यशाली ४ बिजेतालाई इंग्ल्याण्ड र पाकिस्तानबीचको खेलको टिकट उपहार दिने भएको छ।

निशानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरू उक्त लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्। खेल ११ नोभेम्बर २०२३ मा कोलकाताको ऐतिहासिक इडेन गार्डेन स्टेडियममा हुने तय भएको छ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिप कुमारले भने “अति रोमाञ्चक खेलकुदको उत्सव क्रिकेट विश्वकप र आइसिसीसँगको साझेदारीलाई निरन्तरता दिन हामीले विशेषगरी क्रिकेट फ्यान भएका हाम्रा निशान ग्राहकहरूका लागि यो उपहार घोषणा गरेका छौं।”