मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा आजदेखि आवेदन खुला


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले पहिलो चरणमा साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले आजदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ४० हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले विदेशमा रहेका श्रमिकहरुको लागि प्रतिससेयर १०० रुपैयाँ अंकित दरका १ करोड ४० लाख मूल्य बराबरको १ लाख ४० हजार कित्ता सेयर आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये १० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको हो ।

उक्त आइपीओमा रोजगारीको लागि विदेशमा रहेका नेपालीहरुले कात्तिक २४ गतेसम्म आवेदन दिन कम्पनीले जनाएको छछ ।

उक्त आइपीओमा लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।