नेपाल वेयर हाउजिङ कम्पनीको आइपीओ आजदेखि बिक्री खुला


काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले आजदेखि पहिलो चरणमा साधारण सेयर आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा रोजगारीको लागि विदेशमा रहेका नेपालीहरुको लागि १ लाख बढि कित्ता सेयर आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले चुक्ता पुँजीको १३ करोड ७५ लाख मूल्य बराबरको आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो ।

जसमध्ये पहिलो चरणमा १०% ले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री खुला गरेको छ भने २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको छ ।
बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणको लागि छुट्याएको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई खुला गरिने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले मेराे सेयरमार्फत कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेका छन् ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस (आइएस)’ रेटिङ दिएको छ ।