आर्थिक मन्दीको प्रभाव नेपालको बाह्य व्यापारमा,वस्तु आयात न्यून


काठमाडौं । आर्थिक मन्दीको प्रभाव नेपालको बाह्य व्यापारमा समेत देखिएको छ ।

गत वर्ष यसै समयमा वस्तुको आयातको निर्यात सरकारले प्रतिबन्ध लगाएको थियो ।

यो वर्ष आयात प्रतिबन्ध खुल्दा पनि मुस्किलले २ प्रतिशतले मात्रै वस्तु आयात बढेको देखिएको छ । उपभोग नबढ्दा आयातको राशिमा खासै वृद्धि नभएको हो ।

गतवर्ष पहिलो तीन महिनामा ४ खर्ब ९ लाख ९८ हजार ३ सय २ रुपैयाँको आयात भएको थियो ।

यस वर्षको पहिलो तीन महिनामा ४ खर्ब ७७ लाख ५८ हजार ९ सय ७५ रुपैयाँको आयात भएको छ । सरकारले कतिपय बस्तुमा लगाएको प्रतिबन्ध खुल्ला गरेपछि पनि यसवर्ष जम्मा १.६९ प्रतिशतले मात्रै वस्तु आयातमा वृद्धि भएको छ ।

नेपालको मुख्य व्यापारिक साझेदार भारतबाट हुने आयातसमेत खासै बढेको देखिदैन । भारतबाट हुने आयात चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा २. ३८ प्रतिशतले मात्रै बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ५० लाख ६१ हजार १ सय २० रुपैयाँको आयात भएको छ । गत वर्षको यही अवधिमा २ खर्ब ४४ अर्ब ७७ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

भारततर्फको निर्यात पनि झण्डै १० प्रतिशतले घटेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ । भारत तर्फ विशेष गरी पाम आयल, सोयाविन आयल, सनफ्लावर लगायतका वस्तुगत निर्यातमा कमी आएका कारण भारततर्फको निर्यात घटेको हो । चीन तर्फ हुने निर्यात भने उत्साजनक देखिएको छ ।

चीन तर्फ गत वर्षको पहिलो तीन महिनामा १६ करोड ४२ लाख मूल्य बराबरको निर्यात भएकोमा यस वर्षको पहिलो तीनमा महिनमै ७३ करोड २३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

चीनबाट हुने आयात भने ४२ प्रतिशतले बढेको छ । आयातको तुलनामा निर्यातको अनुपात सानो भएका कारण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा २.१५ ले बढेर ३ खर्ब ६६ अर्ब, ८८ लाख ४ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

चीनबाट ६६५ च्याङ्ग्रा आयात

भन्सार विभागका अनुसार असोज मसान्तसम्म चीनबाट ६६ लाख ५८ हजार रुपैयाँ बजार च्याङ्ग्र आयात भएको छ ।

प्रायसाजो दसैँका लागि चीनको स्वसासित क्षेत्र तिब्बतबाट च्याङ्ग्रा आयात हुने गर्दछ । यस वर्ष ६ सय ६५ च्याङ्ग्रा आयात भएको हो ।