ट्राफिकले चेक गर्दा नागरिक एपबाट ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने, यस्ताे छ प्रहरीकाे भनाइ


काठमाडौं । सरकारले सञ्चालन गरेको नागरिक एपमा बाट ड्राइभिङ लाइसेन्स देखाउदा ट्राफिक प्रहरीले मान्यता दिने भएको छ । 

सोमवार नागरिक एपले सूचना जारी गर्दै यो सेवा देशैभर लागू भएको जानकारी दिएको छ। 

नागरिक एपले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेको छ, “नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ ।”

यसअघि ट्राफिक प्रहरीले एपबाट लाइसेन्स देखाउँदा मान्यता दिएको थिएन। अब भने नागरिक एप र ट्राफिक प्रहरीबीच समन्वय भएसँगै सवारी चालकले मोबाइलबाटै लाइसेन्स देखाउन सक्नेछन् ।

नेपाल प्रहरीले छुट्टै सूचना जारी गर्दै सवारी चालककाे जानकारीका लागि एप उपयाेग हुने तर कारवाहीका लागि मान्य नहुने जनाएकाे छ ।