देशभर एक तले घरको संख्या झण्डै ६० प्रतिशत


काठमाडौँ । देशभर एक तले घरको संख्या झण्डै ६० प्रतिशत रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरूमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको तथ्याङ्क आएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

दुईतले घर २८.७८ प्रतिशत र ९.१७ प्रतिशत ३ तले घर रहेका छन् । ४ तले घरको संख्या १.३ प्रतिशत छ भने ५ तले घरको संख्या ०.६४ प्रतिशत रहेको जनगणनाले देखाएको छ ।

५ देखि ७ तले ०.०१ प्रतिशत, ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घर रहेको जनगणनामा उल्लेख छ ।

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात २.३४ प्रतिशत रहेको छ ।