सिद्धार्थ बैंकको साधारण सभा मंसिर ५ गते


काठमाडौँ । सिद्धार्थ बैंकले मंसिर ५ गतेका लागि साधारणसभा बोलाएको छ । बैंकलेृ गत आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश तथा वित्तीय विवरण पारित गर्न बैंकले साधारणसभा बोलाएको हो ।

बैंकले गत वर्षसम्मको सञ्चित मुनाफाबाट बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।

सिद्धार्थ बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।