बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै


काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक ११ गते ५८ खर्ब ७७ अर्ब रुपैयाँ रहेको निक्षेप कार्तिक १२ गते ५८ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा प्रवाह भने घटेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कार्तिक ११ गते ४९ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कार्तिक १२ गते २ अर्ब रुपैयाँले घटेर ४९ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात ८१.६० प्रतिशत रहेको छ भने अन्तर बैंक ब्याजदर ४.४७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।