मंगलबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से)का अनुसार मंगलबार सेयरमापक सूचक नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० अंकमा झरेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक २.३४ अंकले घटेर ३६०.७८ अंकमा झरेको छ । आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा सूर्य ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १ करोड ७० लाख ११ हजार ४८७ रुपैयाँको कारोबार भएको छ ।

माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०५ प्रतिशतले बढेको छ ।

त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।