तिहारमा भारतीय सयपत्री माला आयात गर्न नपाइने


काठमाडौँ । तिहारको समयमा भारतीय सयपत्री मालाको आयात बन्द भएको छ । बागमती प्रदेश सरकार अन्र्तगतको पुष्प विकास केन्द्रले सुचना जारी गर्दै यस वर्ष तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको उल्लेख गरेको छ ।

केन्द्रले २०८० कार्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मको लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफरिस जारी गर्ने कार्य बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ ।

नेपालमा तिहारमा अत्याधिक मात्रामा सयपत्री फुलको मालाको खपत हुने गरेको छ । यस वर्ष उत्पादनमा कमी नभएको कारण स्वदेशी उत्पादनले माग पूरा हुने केन्द्रले जनाएको छ ।