मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट


काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेको हुँदा धितोपत्र बाँडफाँट निर्देशिक अनुसार गोलाप्रथा प्रक्रिया मार्फत एफपीओ बाँडफाँट गरिएको छ।

जस अनुसार १२ हजार ३८१ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। बाँडफाँट गर्दा बाँकी रहेको ६.४५ कित्ता शेयर पनि त्यसमध्ये ६ जनाले थप एक कित्ता शेयर प्राप्त गरेका छ भने एक जना ०.४५ कित्ता शेयर प्राप्त गरेको छ।