निफ्राले पहिलो त्रैमासमा ४१ करोड रुपैयाँ बढी नाफा कमायो


काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८० ८१ को पहिलो त्रैमासमा ४१ करोड ३८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । निफ्राले सार्वजनिक गरेको तथ्यांक अनुसार यो गत आर्थिक वर्ष २०७९ ८० को पहिलो त्रैमासको तुलनामा ९.३० प्रतिशतले बढी नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले ७० करोड १५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन मुनाफा ५९ करोड ११ लाख ८९ हजार रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.२८ प्रतिशतले बढी हो । बैंकको सञ्चालन मुनाफा

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकको प्रति शेयर आम्दानी ७.६६ रुपैयाँ रहेको छ ।