काठमाडौँ । नबिल बैंकको खुद नाफा ६.५१ प्रतिशतले घटेको छ । नबिल बैंकले आर्थिक वर्ष २०८० ८१ को पहिलो त्रैमासमा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशतले बढेको छ । बैंकले यो पहिलो त्रैमासमा ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यो अवधिमा ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ कमाएको थियो ।
बैंकको सञ्चालन मुनाफा ४.६८ प्रतिशतले घटेको छ । बैंकको खराब कर्जा ३.६९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा खराब कर्जा २.३३ प्रतिशत रहेको थियो । बैंकको प्रति सेयर आम्दानी पनि घटेको छ । बैंकको प्रति सेयर आम्दानी २१.७२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्