गरिमा विकास बैंकको नाफा २० करोड १५ लाख रुपैयाँ


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.२५ प्रतिशतले नाफा बढी कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ११.५७ प्रतिशत भई ८८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको संचालन नाफा पनि ४.३२ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको चुक्तापुँजी ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। बैंकमा निक्षेप १.८२ प्रतिशतले बढेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५४ पैसा रहेको छ। प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७१ पैसा रहेको छ।