सयपत्री फूलको माला आन्तरिक उत्पादन नै पर्याप्त छ : फ्लोरिकल्चर एशोसिएसन


काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपालले बिगत बर्षहरूमा सयपत्री फूलको माला निर्बाध रूपमा भारतबाट आयात भईरहेकोमा यस बर्ष आन्तरिक उत्पादन नै पर्याप्त रहेको जनाएको छ ।

एशोसिएसनले आज एक विज्ञप्ती जारी गर्दै नेपालमा उत्पादन भएको सयपत्री फूलको बजारलाई सुनिश्रिता प्रदान गर्न नेपाल सरकारका सरोकारवाला निकायहरूसँग समन्वय गरी आयातलाई नियन्त्रण गरि आन्तरिक उत्पादनलाई बजारीकरण गर्न अनुरोध गरिएको र सोहि अनुसार नेपाल सरकारले काम कारबाही अघि बढाएको एशोसिएसनले जनाएको हाे ।

विज्ञप्तीमा भनिएको छ,”तिहार नजिकिँदै गर्दा नेपाली सयपत्री फूलको उत्पादनको बजारीकरणलाई सहयोग पुगोस भनि गरिएको आयात नियन्त्रणको फाइदा उठाउँदै केहि उत्पादक तथा व्यवसायीहरूले सयपत्री मालाको अस्वभाविक मुल्य बृद्धि गर्ने तर्फ उद्धत रहेको सूचना समेत यस संघमा प्राप्त भएको तर्फ ध्यानाकर्षण भई सम्पुर्ण सयपत्री फूलका उत्पादक तथा व्यवसायीहरूले अस्वभाविक मुल्य बृद्धि नगरी सुलब मुल्यमा उपभोक्ता वर्गहरूलाई उपलब्ध गराउनु हुन फ्लोरिकल्चर एशोसिएसन नेपाल हार्दिक अपिल गर्दछौं ।”

नेपाल सरकारका सरोकारवाला निकायले चाडबाडको समयमा हुने अस्वभाबिक मुल्य बृद्धिको अनुगमन गर्ने र यदि अनुगमनको क्रममा अस्वभाविक मुल्य बृद्धि गरि कालो बजारी गरे प्रचलित ऐन कानुन अनुसार कारबाही गर्ने समेत एशाेसिएशनले जनाएकाे छ ।